“मेराे शरीर”

बर्षाैंदेखि अाफ्नाे स्वाभिमानमा अडिक मेराे याे शरीर अाज छिमेकीले यस्का अङ्गहरु खाेस्न खाेजिरहेछ
जन्मेदेखि नै मेराे शरीरमा रहेका भागहरु नै
अाज मेराे हाेइन भनी साबित गर्न साेचिरहेछ

जुन अङ्गहरु मेराे रगतका थाेपा थाेपा मिलेर बने
अाज तिनै रक्तनलिहरु छियाछिया पार्न तम्सिरहेछ
मिलनसार छिमेकीकाे नकाबमा कता कता
दुष्मनिकाे नमिठाे गन्ध अाइरहेछ

चाहे काट्न खाेज या चुड्न खाेज याे मेराे शरीर
यी भागहरु म कसैलाई दिने छैन
लाेभ देखाउ या डर देखाउ मलाई
अाफ्नाे निर्णय कदापि बदल्ने छैन

कहिले के कहिले के भनी बिगतदेखि
अलि अलि गर्दै म भाचिरहेछु,
तर फेरि
एक्लै भनेर नहेप याे शरीरलाई
एक्लै नै अाज सम्म अाफ्नाे इमानसाथ बाचिरहेछु

मेरा पूर्खालाई साेध या मेराे डि. एन. ए परिक्षण गर
यी सारा अङ्गहरु सधैं मेरै थिए र सधैं रहिरहन्छ
म रहुन्जेल याे शरीरका हरेक अङ्गहरुमा मात्र मेरै रगत बगिरहन्छ

अाँट नगर याे शरीर टुक्राउन, रगत उम्लिन बेर लाग्दैन
अाँट नगर याे शरीर टुक्राउन, रगत उम्लिन बेर लाग्दैन
भाेलेनाथ सरी शान्त रहेकाे मेराे याे शरीर,
अावश्यक पर्दा रुद्र रुप लिन पनि पछि पर्दैन,
रुद्र रुप लिन पनि पछि पर्दैन।

#सन्दर्भ: लिपुलेख, कालापानी र लिम्पियाधुरा
#जय_नेपाल
#मेराे देश_मेराे गाैरव

Leave a Comment

Your email address will not be published. Required fields are marked *